
काठमाडौं । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोलमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको थियो।
ढलानको तार मिलाउने क्रममा ४ बजे अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। घाइते भएपछि उपचारको लागि उनलाई समिट अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend