logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनगढीमा रुखबाट लडेर एक जनाको मृत्यु

    धनगढीमा रुखबाट लडेर एक जनाको मृत्यु

    5.1K
    Shares

    धनगढी । धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ । सामुदायिक वनमा वनफल (कुसुम) टिप्न रुख चढेका सोही ठाउँका श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

    रुखबाट लडेर घाइते भएका चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रानउ जोशीले बताए । यस्तै मृतक चौधरीसँगै लडेर घाइते भएका १८ वर्षीय भाष्कर जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend