logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचनको परिणामबाट गठबन्धनभित्र हाम्रो पार्टी धेरै असन्तुष्ट छ: झलनाथ खनाल

    निर्वाचनको परिणामबाट गठबन्धनभित्र हाम्रो पार्टी धेरै असन्तुष्ट छ: झलनाथ खनाल

    3.6K
    Shares

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरेका हुन् ।

    उनले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिए । फरक प्रसंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए । उनले भने, ‘बामपन्थीहरुबीच एकता हुनुचाँही बस्तुगत आवश्यक्ता हो । तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरु अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न । यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यक्ता भएपनि त्यो सम्भावना चाँही निकै कमजोर छ । हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो असन्तुष्टि हामीले पाँचदल भित्र पनि राखेका छौं । हामी आफैं पनि समिक्षा गर्दैछौं । अव हामी ठ्याक्कै यो समिक्षाको बीचमा छौं । समिक्षा गरिसकेपछि अव के के निस्कन्छ, त्यस आधारमा हामी तपाईहरुसँग फेरी कुरा गर्दछौं ।’

    सम्मानित नेता खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि मेजर दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुने पुगेको तर्क समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend