काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।