बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

 

उदयपुर । उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend