logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बंगलादेशमा आगलागी: ज्यान गुमाउनेको संख्या ४० पुग्यो

    बंगलादेशमा आगलागी: ज्यान गुमाउनेको संख्या ४० पुग्यो

    2.5K
    Shares

    एजेन्सी । बंगलादेशको दक्षिण–पूर्वी सहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ।

    सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। चटगाउँ मेडिकल कलेजका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पर्‍याएको छ। आगलागीमा सयौँ जना घाइते भएका हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

    सीताकुन्डमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल बोलाइएको थियो। त्यहीबेला विष्फोट पनि भएको बताइएको छ।

    आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। डिपोमा केही कन्टेनरमा केमिकल रहेको र त्यही कारण आगो फैलिएको हुनसक्न आँकलन गरिएको छ।

    घटनास्थल आसपासका अस्पतालहरु घाइतेहरुले भरिएका छन्। उपचारमा रगतको अभाव भएपछि रक्तदानका लागि सर्वसाधारणलाई अपील गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend