logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नयाँ मन्त्रीहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न माधव नेपालको निर्देशन

    नयाँ मन्त्रीहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न माधव नेपालको निर्देशन

    4.9K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्ने प्रक्रिया पुरानै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेलगत्तै अध्यक्ष नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरु फेरबदल गर्ने कुरा निरन्तर प्रकृया भएको बताएका हुन् ।

    साथै अध्यक्ष नेपालले मन्त्रीको सपथ गर्न लागेका नेताहरुलाई पार्टीको प्रतिष्ठा बढाउनेगरी काम गर्न निर्देशन दिएका छन् ।

    ‘मन्त्री फेर्ने प्रक्रिया पुरानै हो र यो समय सान्दर्भिक पनि हो’, अध्यक्ष नेपालले पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । नेकपा समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । निर्णयलगत्तै अध्यक्ष नेपालले नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । आइतबारै अध्यक्ष नेपालले मन्त्री बन्न लागेका नेताहरुलाई कार्यालयमा बोलाएर पार्टीको प्रतिष्ठा उच्च राख्नेगरी काम गर्न निर्देशन दिएका छन् । ‘

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend