logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दार्चुलामा एकल महिलामाथी जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

    दार्चुलामा एकल महिलामाथी जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

    2.8K
    Shares

     

    दार्चुला । दार्चुलामा एकल महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकम गाउँपालिका–४ का ४५ वर्षीय हरिसिंह धामी र शैल्यशिखर नगरपालिका–९ बस्कोटका ३३ वर्षीय रमेशसिंह साउद छन् ।

    दार्चुलाका प्रहरी डिएसपी प्रतिक विष्टका अनुसार शुक्रबार जबरजस्ती करणी गरेको दुई मुद्दा दर्तापछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । धामी र कार्कीले जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

    त्यस्तै शैल्यशिखर नगरपालिका–९ बस्कोटका साउदले जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरी छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अदालत बन्द रहेकोले म्याद थप गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend