logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • यी १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने सम्भावना, सतर्क रहन आग्रह

    यी १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने सम्भावना, सतर्क रहन आग्रह

    2.3K
    Shares
    यी १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं । देशका १२ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

    देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend