logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपागञ्जमा क्यासिनोबाट सात जना पक्राउ

    नेपागञ्जमा क्यासिनोबाट सात जना पक्राउ

    3K
    Shares

    नेपालगञ्ज । बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् ।

    प्रनाउ न्यौपानेले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरे । पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ । क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend