logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ: भीम रावल

    उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ: भीम रावल

    4.2K
    Shares

    काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । नेता घनश्याम भुसाललाई कारबाहीका लागि एमाले अनुशासन आयोगले सिफारिस गरेको अवस्थामा रावलले नेतृत्वलाई उल्टो बाटो नहिँड्न पनि सुझाव दिएका छन् ।

    रावलले नेताहरुमाथि कारबाही गरेर जाँदा झन चुनाव हारिनेतर्फ सचेत हुन चेतावनी दिएका छन्।

    रावलले ट्वीट गर्दै भनेका छन्, ‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो। यसका लागि आगामी चुनाउ जित्नु पर्छ। कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।’

    वैशाख ३० गते भएको स्थानीय तहको चुनाव लगत्तै नेता भुसालले पार्टीले पराजय भोगेपछि अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend