काठमाडौं । सांसद गंगा चौधरीले मन मिलुन्जेल लवको संज्ञा दिने र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको भन्दै कानुन निर्माणमा गम्भीर हुन् सुझाव दिएकी छन्।
प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै सांसद चौधरीले पल शाह र पुर्व सभामुखको उदाहरण दिदै भनिन् जब सम्म मन स्वार्थ मिल्यो केही कसैलाई पत्तो भएन जव स्वार्थ मिलेन बलत्कार भयो भनियो भन्दै सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् ।
सरकारकाले विधेयक पेस गरेका बेला सदनमा बोल्दै उनले भनिन् ुमन मिलेसम्म ुलभुको संज्ञा दिने, मन नमिलेपछि ुरेपुको संज्ञा दिने रु सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन,ु उनले भनिन्, ुहदम्यादको कुरा धेरै उठिरहेको छ । हदम्यान राखिएन भने मुद्दाको चाङ लाग्छ अनि न्याय कसरी पाउँछन् रु यो कुरा हेर्न जरुरी छ । महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद होस देशको लागि कानुन निर्माण गर्न आएका छौं ।ु
सांसद सत्गौवाले कानुन जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या हुने बताइन् । उनले सांसदहरूलाई आग्रह गरिन्, ुसांसद भएर हेर्नुपर्छ । सांसद भावनामा बगेर कानुन निर्माण गर्ने होइन । एउटा व्यक्ति र वर्गका लागि कानुन निर्माण गर्ने होइन । समग्र अवस्थालाई हेरेर कानुन निर्माण गर्नसपर्छ । महिलाले महिलाका लागि मात्रै कानुन बनाउनु हुँदैन ।ु
सांसदले पुरुषका लागि पनि बोल्नुपर्ने सांसद सत्गौवाको भनाइ थियो । उनले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताइन् । ुविदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने रु पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । कुन कुन अवस्थाका लागि हदम्याद राख्नुपर्छ भन्ने ख्याल गर्नुपर्छ,ु उनले भनिन् ।