सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था सच्याउनुपर्छ: महामन्त्री थापा

इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था सच्याउनुपर्छ: महामन्त्री थापा

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारले तत्काल बाध्यकारी व्यवस्था सच्याउनुपर्ने माग राखेका हुन् ।

सरकारले साउन १ गते भित्र बागमती र गण्डकी प्रदेशमा चल्ने २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको छ । थापाले यही उर्दी तत्काल सच्याउन र सर्वसाधारण नागरिकलाई सास्ती नहुने गरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन् ।

‘साउन १ गतेभित्र जसरी पनि बागमती प्रदेश र गण्डकी प्रदेशका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाइयो,’ थापाले भने, ‘यो बाध्यात्मक व्यवस्थाले सर्वसाधारणमा सास्ती पुर्याउँछ ।’ नामकरण सकिएका प्रदेशका यातायात कार्यालयले नगरेको कामको बोझ सर्वसाधारणमाथि थोपरिएको थापाको भनाइ छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend