logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • यौन हिंसाविरुद्धको संशोधन विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    यौन हिंसाविरुद्धको संशोधन विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    5.9K
    Shares

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

    बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए ।

    जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताए ।

    हदम्याद बढाउँदा सकारात्मक नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उनले बताए । हदम्यादको कारणबाट न्यायबाट वञ्चित नहोस् भन्ने विषयमा सरकार गम्भीर भएको ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend