काठमाडौं । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १६ दशमलव ६७ अंकले घटेर २०६२ दशमलव ३ विन्दुमा थामिएको छ ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ३९९ दशमलव २६ विन्दुमा थामिएको छ ।
नेप्सेमा आज २२८ कम्पनीका १ अर्ब २३ करोड १२ लाख ४५ हजार २३ रुपैयाँ बराबरको ४२ लाख ८९ हजार ३८९ कित्ता शेयर किनबेच भएको हो ।