काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले वर्तमान सरकार रहेपनि, हेरफेर भएपनि जनताले केही नपाउने टिप्पणी गरे । सरकार टिकाउनका लागि कसैलाई मन्त्रीबाट हटाएर कसैलाई बनाएपनि देश र जनताले केही उपलब्धी नपाउने उनको भनाई छ ।
उनले भने– ‘यो सरकारको बारेमा मलाई केहीपनि थाहा छैन । यो सरकार रहोस् । अर्को सरकार बनोस् । हेरफेर होस् । पुर्नगठन होस् । जो जाओस् । त्यसबाट केही जनताले पाउनेवाला छैन नि । कुनै व्यक्तिले कुर्सि पाउला, मन्त्री बन्ला । तर देश र जनताले के पाइरहेको छ ? सरकार त कति बन्यो कति बन्यो । सरकार बचाउन, टिकाउन कसलाई समेट्ने, कसलाई हटाउने, यो धन्दाहरु विगतमा पनि भयो । अहिले पनि भइरहन्छ । भोली पनि भइरहन्छ । तर देश र जनताले त्यसबाट केही पनि उपलब्धी पाउने अवस्था छैन ।’
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ सांसद महतोले लोसपा सरकारमा जाने सन्दर्भमा आफुलाई थाहा नभएको बताए ।