logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली कांग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेका छन्: महामन्त्री थापा

    नेपाली कांग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेका छन्: महामन्त्री थापा

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन् । उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए ।

    पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहानामा भर पर्ने उनले बताए ।

    उनले भने– ‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन । यद्यपी पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफुलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरुको कुरा छ । खासगरी नयाँ सांसदहरुको । किनकी नेपाली कांग्रेसमा एकल सरकार बनेपनि एउटै अनुहारहरुले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोली गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो । केही नयाँ साथीहरु आउलान् । नयाँ कामहरु गर्लान् । उनीहरुले पनि आफ्नो पम्फर्म गर्ने मौकाको पनि त खोजि पनि हो भन्ने हिसाबले यहाँभित्र धेरै ठुलो साथीहरुको कुरा छ हामीलाई भनिराख्नु भएको छ । अहिलेसम्म औपचारिक रुपमा छलफल भएको छैन । सभापति आफैँ संसदीय दलका नेता हुनु भएकोले गर्दा उहाँले यसलाई कसरी सोच्नुभएको छ, त्यसमा धेरै कुरा निर्भर रहने भयो । तर केही फेरबदल हुनुपर्छ । खासगरीकन नयाँ, अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरुलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रुपमा माग छ । त्यसलाई त्यहाँ पु¥याउने काम हुन्छ । थोरै समय भएकोले गर्दा गर्ने कि नगर्ने भन्नेकुरा धेरै हदसम्म चाहीँ दलको नेता भएकोले गर्दा उहाँले के चाहानुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend