logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • काठमाडौँका मेयर बालेन शाहले एक हप्ता नबित्दै पुरा गरे बोलेको कुरा

    काठमाडौँका मेयर बालेन शाहले एक हप्ता नबित्दै पुरा गरे बोलेको कुरा

    2.8K
    Shares
    काठमाडौँका मेयर बालेन शाहले एक हप्ता नबित्दै पुरा गरे बोलेको कुरा

    काठमाडौं । महानगरपालिकाको कल सेन्टर आजदेखि सञ्चालनमा ल्याइएको छ। एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याउने गरेको निर्णय अनुरूप कल सेन्टर सञ्चालनमा ल्याइएको मेयर बालेन शाहको सचिवालयका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

    गत सोमबार बसेको पहिलो कार्यपालिका बैठकले एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र ९कल सेन्टर० सञ्चालनमा ल्याउने निर्णय गरको थियो। काफ्लेका अनुसार पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउने गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

    ‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नेछन्’ काफ्लेले भने।

    काफ्लेका अनुसार हाललाई तीन जना कर्मचारीबाट कल सेन्टर सञ्चालनमा ल्याइएको छ। विस्तारै यसको मागअनुरूप कल सेन्टरको संख्या पनि बढाउँदै जाने उनले बताए।‘कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर राख्न सकिन्छ,’ उनले भने, ‘त्यसो भएको खण्डमा रेकर्ड भएको समस्यालाई त्यहाँका कर्मचारीहरूले सुनेर गुनासो सम्बोधन गर्नुहुनेछ।’

    कल सेन्टरमा फोन गरेरमात्र नभई इमेल र एसएमएस गरेर पनि आफ्नो गुनासो राख्न सकिने उनले बताए।

    ‘हामीले कल सेन्टर आजदेखि सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘प्राविधिक समस्याका भएका कारण आधिकारिक जानकारी नदिएका हौं। प्राविधिक विषयमा काम भइरहेको छ।’ भोलि अथवा पर्सिदेखि कल सेन्टर राम्ररी सञ्चालन हुने काफ्ले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend