काठमाडौँ – एक साता लामो भारत भ्रमण जानु अघि प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङसंग भेटघाट गरेकी छन्।
डा आरजु भोली अर्थात जेठ २४ गते देखि भारत भ्रमणमा जादैछन। भारत जानु अघि अध्यक्ष गुरुङसंगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरीएको छ।
भेटमा स्थानीय चुनावमा तरुण दलले नेपाली कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका प्रदान गरेको भन्दै अध्यक्ष गुरुङको प्रशंसा गरेकी थिइन्। भारतबाट फर्केलगत्तै पार्टी र संगठनको विभिन्न कार्यक्रममा सरिक हुने र आगामी संघ र प्रदेशको चुनावको तयारीमा तरणहरुलाई अझै सक्रिय बनाउन लाग्न समेत आग्रह गरेको भेटमा सहभागी तरण नेता दिपेन्द्र पोखरेलले जानकारी दिए ।
अध्यक्ष गुरुङ्गले भारत भ्रमणमा दुईपक्षिय हितका बिषयमा कुरा उठाउन आग्रह गरेका थिए।