logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ बैठकको कार्यसूची

    प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ बैठकको कार्यसूची

    1.7K
    Shares
    प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ बैठकको कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ः३० बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    यसअघि हिजोको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले ५१ प्रतिशत महिला भएको मुलुकको महिला मन्त्रालयका लागि एक प्रतिशत पनि बजेट नछुट्याइनुले कसरी विकास गर्न सकिन्छ भनी प्रश्न गरेका थिए ।

    सांसद अञ्जना बिसङ्खेले कानुन मन्त्रालयको विषय उठाउँदै कानुन कार्यान्वयनको पाटोमा गम्भीर हुनुपर्ने बताइन् । उनले भूमि व्यवस्था मन्त्रालयले भूमि वितरण कसरी गर्नै भन्ने विषयमा कोही पनि गम्भीर नभएको गुनासो गरिन् । सांसद कृष्णभक्त पोखरेलले तीन वर्षभित्रमा भूमिहीन दलित सबैलाई घर दिने भनिए पनि बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेको बताए ।

    चितवनलगायत जिल्लाका हजारौँ वर्षदेखि बसेका चेपाङ समुदायको जग्गा दर्ताको कुरासमेत आउन नसकेको उनले बताए । उनले भूउपयोग नीतिको कामसमेत हुन नसकेको हिंसा न्यूनीकरणका लागि सामुदायिक सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने धारणा राखेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend