logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सहमति नमान्ने भन्दै फोहोर बोकेर गएका गाडीहरुलाई सिसडोलवासीले बाटोमै रोके

    सहमति नमान्ने भन्दै फोहोर बोकेर गएका गाडीहरुलाई सिसडोलवासीले बाटोमै रोके

    3.9K
    Shares
    सहमति नमान्ने भन्दै फोहोर बोकेर गएका गाडीहरुलाई सिसडोलवासीले बाटोमै रोके

    काठमाडौं । स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै रोक लगाएका हुन् ।

    शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच सोमबार बेलुका भएको सहमति अनुसार मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको हो ।

    तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । काठमाडौं महानगरपालिका स्रोतका अनुसार उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको बताइएको छ ।

    गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend