logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ: शिक्षामन्त्री पौडेल

    शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गरिनेछ: शिक्षामन्त्री पौडेल

    4.1K
    Shares

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताएका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र थाइल्याण्ड सरकारको आयोजनामा बैंककमा जारी एसिया प्रशान्त क्षेत्रका शिक्षामन्त्रीहरुको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षाका सबै संरचनाका साथै सामग्री र सेवा प्रवाहबारेका विद्यमान सोचमा पनि पुनःसंरचना हुनुपर्नेमा जोड दिए । उनले विद्यमान कानुन, नीति र पाठ्यक्रमलाई समयानुकूल अद्यावधिक गर्दै सुशासन, अभिभावक शिक्षा, सामुदायिक सहभागिता, सेवा प्रवाहमा विविधता, प्रविधिको उपयोग र शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने बताए ।

    एसिया प्रशान्तमा शिक्षा क्षेत्रको संरचनात्मक पुनःसंरचना, पुनःताजगी र नवीकृत सोच साझा आवश्यकता रहेको जनाउँदै मन्त्री पौडेलले नेपालको संविधानका शैक्षिक हक र राष्ट्रसङ्घीय दीगो विकास लक्ष्यमा समाविष्ट शिक्षासम्बन्धी लक्ष्यहरु पूरा गराउन निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र राष्ट्रिय शिक्षा नीति, २०७६ तर्जुमा गरिएको अवगत गराए । उनले कोभिड– १९ जस्ता स्वास्थ्य महामारीबाट शिक्षा क्षेत्रलाई भविष्यमा प्रभावकारी बनाउन पूर्वतयारीमा रहनु अहिलेको आवश्यकता हो भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend