logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा हो: ईश्वर पोखरेल

    घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा हो: ईश्वर पोखरेल

    6.1K
    Shares

     

    काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए ।

    उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताएका हुन् । उनले भने – ‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ । यदी कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ । केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’

    त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समिक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ । कोहीपनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए । उनले भने – ‘यतिबेला नेकपा(एमाले) एकतावद्ध भएर अगाडी जानुपर्छ । नेकपा(एमाले)का भएका कमी, कमजोरीहरु जे–जे छन् त्यसलाई हामीले आत्मसमिक्षा गरेर, ठन्डा दिमागले समिक्षा गरेर अगाडी बढ्नुपर्छ । आन्तरिक सुदृढ बेगर पार्टी बलियो बन्न सक्दैन । र हामी आवेग, उत्तेजनामा होइन कोहीपनि आउनु हुदैनँ । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ । यतिबेला चौतर्फी ढंगले नेकपा(एमाले) माथि आक्रमण छ । देशी, विदेशी सबैखालका प्रतिक्रियावादी शक्तिहरुले आक्रमण गरिराखेका छन् । यि कुराहरुलाई बुझेनौँ भनेदेखि हामीले तिनीहरुलाई सहयोग गरेको भन्ने ठहर्छ ।’

    उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend