logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु

    सप्तरीमा माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु

    4.9K
    Shares

    राजविराज । रुपनी–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको रायपुरस्थित पाँच किलोमा आज माइक्रोबस पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ वर्षीय तारावतीदेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन् । उनीहरुको रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । लहानबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०२७७ नम्बरको मोइक्रोबस तीव्र गतिका कारण दुर्घटनामा परेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend