logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा थप ३ हजार ७१४ जनामा संक्रमण, २ हजार ५१३ निको

    भारतमा थप ३ हजार ७१४ जनामा संक्रमण, २ हजार ५१३ निको

    2.5K
    Shares

    काठमाडौं । भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ । केही दिनयता चार हजार पार गरेको कोरोना सङ्क्रमतिहरुमा पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा गत शुक्रबारयता कोरोना सङ्क्रमितका दैनिक सङ्ख्या चार हजार नाघेको थियो ।

    करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण चार हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ मा कोरोना सङ्क्रमण भएको थियो । आइतबार यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ५१८ रहेको थियो । यद्यपी आइतबार तुलना सोमबार कमि अएको समाचारमा जनाइएको छ ।

    हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २६ हजार ९७६ रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०६ प्रतिशत भएको जनाइएको छ ।

    सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५१३ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३३ हजार ३६५ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत रहेको छ ।

    भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३२ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड २७ लाख १६ हजार ५४३ हजार खोप लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend