logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभाको विशेष समयमा सांसदहरु, कसले के भने ?

    राष्ट्रिय सभाको विशेष समयमा सांसदहरु, कसले के भने ?

    2.3K
    Shares

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले बदिर्याको नरभक्षी बाघबाट सुरक्षा दिन माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सरकारको तर्फबाट गोली चलाउनु उचित नभएको बताए । उनले प्रहरीले चलाएको गोली लागि कक्षा १२ को परीक्षा दिएर घर फर्किएकी नविना थारुको निधन भएको भन्दै सत्यतथ्य कुरा सदनमा प्रश्तुत गर्न सरकारस्ँग आग्रह गरे ।

    उनले इम्बोस्ट प्लेट नम्बर राख्दा नेपाललाई वर्ष दिनमा १० अर्बमाथि व्ययभार पर्ने भन्दै निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले एकपछि अर्को वस्तुको मूल्यवृद्धि गरेर जनताप्रति उत्तरदायी नरहेको प्रमाणित गरेको आरोपसमेत लगाए ।

    उनले भने, ‘बदिर्याको नरभक्षी बाघबाट सुरक्षा दिन माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकलाई सरकारले त्यसको गहिराई नबुझी गोली हानेको छ, राकेश चौधरी घाईते र कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी नविना थारु जो प्रदर्शनमै सहभागी थिइनन्, तिनलाई गोली हानेर मारिएको छ, यसको म घोर भत्संना गर्न चाहन्छु । सरकारको निन्दा गर्न चाहन्छु । यसको सत्यतथ्य गृहमन्त्रीज्यूले यो सदनलाई जानकारी गराउन म प्रधानमन्त्री र गृहमन्त्रको ध्यानाकर्षण गराउँछु । इम्बोस्ट प्लेट नम्बर राखिरहँदा नेपाललाई वर्ष दिनमा करिव १० अर्बमाथि व्ययभार पर्छ । यस्तो आर्थिक शंकटको बेला यस्तो निर्णय गर्न सरकार किन पुग्यो ? यो निर्णय तत्काल फिर्ता लिन ध्यानाकर्षण गराउँछु । यो सरकार एकपछि अर्को वस्तुको मूल्यवृद्धि मात्रै गरिरहेको छ, जनताप्रति उत्तरदायी छैन ।’

    त्यस्तै राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय निकाय मात्रै नभइ तीनै तहका सरकार मिलेर फोहोर व्यवस्थापनमा तत्काल लाग्नुपर्ने आवश्यक्ता रहेको औँल्याए । उनले भने, ‘फोहोरको उचित व्यवस्थापन समयमा नै नगर्ने हो भने हैजाको रुपमा महामारी उत्पन्न हुने स्थिति छ । यो काठमाडौं, मेयर बालेन साहको समस्या हो भन्ने मात्र होइन, यो तीनै तहको सरकारको समस्या हो । त्यसकारण यो फोहोरको छिटै नै उचित व्यवस्थापन गरिनुपर्छ ।’

    राष्ट्रिय सभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन २०७७/०७८, लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ सभामा पेस गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक बुधवार दिउँसो १ बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend