logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपालमा मनसुनसहित तीन वायुको असर

    नेपालमा मनसुनसहित तीन वायुको असर

    1.7K
    Shares

    काठमाडौं । नेपालमा मनसुनी प्रणालीसहित तीन वटा वायुको असर देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभागमा मनसुनी वायु र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु असर छ भने भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव पनि नेपालमा छ ।

    बिहान प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    बिहीबार प्रदेश १, मधेश,  बागमती, गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend