काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ।
बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र छलफल जारी छ।