logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • देशभर विद्यालय तहको पाठ्यपुस्तक अभाव छ, तत्काल त्यसको व्यवस्था गर्नसपर्छ: सांसद थापा

    देशभर विद्यालय तहको पाठ्यपुस्तक अभाव छ, तत्काल त्यसको व्यवस्था गर्नसपर्छ: सांसद थापा

    2K
    Shares

    काठमाडौं । सांसद अमृता थापाले देशभर विद्यालय तहको पाठ्यपुस्तक अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएकी छन् । उनले ईटहरीकी १५ वर्षीया बालिका अस्मिता चौंधरीको अवस्था अज्ञात रहेको उल्लेख गर्दै खोजी कार्यमा तत्काल ध्यान दिन पनि सरकारलाई सचेत गराईन् ।

    उनले भनिन्, ‘देशका बालिका र किशोरीले बाँच्न पाउने वातावरण बन्नुपर्यो, सरकार । यही बैशाख ३० गते स्थानीय निर्वाचन मतदानको दिन पास बाहेक गाडी पाउने नसक्ने अवस्थामा इटहरी १६ उवधि टोलकी १५ वर्षीया बालिका अस्मिता चौंधरीलाई विराटनगर १३ का १३ वर्षीय दिनेशकुमार मण्डलले धामीले अक्षता फुकाउने नाममा लगेको र आजसम्म अज्ञात रहेको अवस्थामा अनपेक्षित घटना भएको आशंका भएकाले इटहरीमा प्रहरीलाई खोजतलासका लागि उजुरी दिँदा आलटाल गरेको अवस्था छ । त्यसको यथार्थ जानकारी चाहियो । शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । देशभर पाठ्यपुस्तकको अभाव भएको कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद थापाले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पर्याउने काममा आलटाल नगर्न पनि सरकारसँग आग्रह गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend