logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको छैन: लक्ष्मणलाल कर्ण

    पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको छैन: लक्ष्मणलाल कर्ण

    2K
    Shares

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् ।

    उनले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पारे । उनले भने– ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’

    सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने– ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरी पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरी बाटो बाटोमा कुरा सुनिराखेको छु एकिकरणको । के को लागि एकिकरण ? किन एकिकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

    सांसद कर्णले औपचारिक रुपमा एकिकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि ? र किन एकिकरण गर्नुपर्ने हो ? भन्ने प्रश्न गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend