logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको छ: खिमलाल भट्टराई

    देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको छ: खिमलाल भट्टराई

    3.4K
    Shares

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताए । उनले सदनमा उभिएर गरेका वाचा हप्तादिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराए । उनले देशमा उत्पादन घट्ने आँकलन गरिरहेका बेला सरकारले झनै मलखाद र बीउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताए । उनले कृषिमन्त्रीले मलखाद किसानलाई समयमै उपलब्ध गराउन नसकेको बारेमा सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

    उनल भने, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो, यो पटक मलको लागि पैसा पर्याप्त छुट्याइएको छ, किसानलाई कुनै चिन्ता छैन, मल आउँदैछ भनेका थिए । देशको अर्थमन्त्री बोलेपछि पत्याउनु प¥यो कि परेन ? यो देशमा अर्थमन्त्री, प्रधानमन्त्रीलाई पत्याउन नसकिने स्थिति भयो । तर आज पनि समस्या जस्तोको त्यस्तै छ । आज मलको हाहाकार छ, असरा लाग्न थालिसक्यो । यो किसानका लागि पीडाको विषय हो । प्रधानमन्त्रीज्यूले यस बारेमा के सौच्दै हुनुहुन्छ ? किसानलाई आजको लागि चाहिने कुरा भनेको मल हो । बीउ हो । यसतर्फ सरकारको ध्यान गएको छैन । म यहाँ कृषिमन्त्रीको जवाफ चाहन्छु । यहाँ आएर कम्तिमा पनि भन्नुपर्छ नि, कहिलेसम्म किसानले मदखाद पाउँछन् भनेर ? आधिकारिक ठाउँबाट मल नपाएर कृषकले बोरामा अलिकति मलखाद, बीउ ल्याउँदा जनतालाई सताइएको छ । पुलिसले दुःखको समाधान खोज्ने किसानलाई सास्ती दिइरहेको छ, गृहमन्त्रीजी के गर्दैहुनुहुन्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend