logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    2.6K
    Shares

    काठमाडौं । ६६ लाख रुपैंयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ गरिएको हो ।

    सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ बर्षिय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्धामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

    त्यसपछि भने फरार रहेका तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend