logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पोखराबाट काठमाडौंका लागि उडेको जहाज मौसम खराबीका कारण जनकपुर डाइभर्ट

    पोखराबाट काठमाडौंका लागि उडेको जहाज मौसम खराबीका कारण जनकपुर डाइभर्ट

    2.6K
    Shares

     

     

    काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको जहाज मौसम खराबीका कारण जनकपुर डाइभर्ट गरिएको छ । आज दिउँसो पोखराबाट उडेको बुद्ध एअरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर पुगेको बुद्ध एअरका पोखरा म्यानेजर भुवनेश्वर त्रिपाठीले बताए ।

    “पोखराबाट साडे १ बजे उठेको थियो। काठमाडौंको मौसम खराब भएकाले अवतरण गर्न नसकेपछि जनकपुर पुगेको हो,” उनले भने, “बिहानैदेखि मौसम राम्रोसँग खुलेको छैन, पोखराका अन्य उठानहरू पनि मौसम खराबीका कारण उड्न सकेका छैन।”

    उनका अनुसार काठमाडौंको मौसम खुलेपछि जनकपुर पुगेको जहाज काठमाडौं जानेछ। “विस्तारै मौसम खुलेको छ। अब केही समयमा जनकपुर पुगेको जहाज आजै काठमाडौं पुग्छ,” उनले भने।

    पोखराबाट काठमाडौं उडेका यात्रुले पनि जहाज डाइभर्ट भएर जनकपुर पुगेको भन्दौ सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend