logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

    फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

    3.3K
    Shares
    फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

    शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मघेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

    हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend