logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • यू–१९ महिला विश्वकप छनोट: नेपालले मलेसियालाई २५ रनले पराजित

    यू–१९ महिला विश्वकप छनोट: नेपालले मलेसियालाई २५ रनले पराजित

    3.8K
    Shares

     

    काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो ।

    पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो ।

    एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला विश्वकपमा छनोट हुनेछन् । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

    मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन बनाइन् ।

    बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर २ विकेट लिइन् ।

    त्यसअघि मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

    नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाए ।

    ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

    १३ ओभरमा ५८(१ को अवस्थामा रहेको नेपालले त्यसपछिको ७ ओभरमा जम्मा २६ रन जोड्दा थप ६ विकेट गुमायो । सृष्टी जैशी, सानु राजवंशी र अनु कठायत समान ३ तथा कप्तान कृतिका मरासिनी १ रनमा आउट भइन् ।

    नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend