काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा ट्राफिक जाम बढेको भन्दै स्कुल र अफिस जाने समय फेर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले काठमाडौंमा स्कुल र अफिस जाने समय एउटै भएकाले उक्त समयमा ट्राफिक जाम बढ्नेगरेको बताए ।
ट्राफिक व्यवस्थापन गर्न नसक्नु यहाँको समस्या बन्ने गरेको छ। यसलाई मध्यनजर गर्दै स्कुल र अफिस सञ्चालनको समय फेरौं, उनले भने। उनले फोहोरमैला व्यवस्थापन र महंगी नियन्त्रण गर्न नसक्नु पनि काठमाडौंका लागि ठूलो समस्या भएको बताए।