काठमाडौं । १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ललितपुर प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भइ ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने २३ वर्षीय मिलन परियार छन् ।
ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ। पीडित किशोरीको पक्षबाट उजुरी परेपछि प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो।