logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पर्याउनुपर्छ: पुष्पा भुसाल

    प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पर्याउनुपर्छ: पुष्पा भुसाल

    2.6K
    Shares

    काठमाडौं । मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसवर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् ।

    यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुको आँकलन छ ।

    त्यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्वतयारीको काममा अहिलेदेखि नै ध्यान पर्याउन सरकारलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद्हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पर्याउनुपर्ने बताईन् । उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्रै सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताईन् । सचेतक भुसालले विगतका घटनाहरुबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताईन् । सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिईन् ।

    उनले भनिन्– ‘सरकारले बाढी आउने ठाउँका बसोवासहरुलाई अन्यन्त्र सारेर भएपनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै खेती, बालिहरुलाई नोक्शान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रमहरु किसान समक्ष पु¥याउनुपर्ने अवस्था पनि हुन्छ । कतिपय पहिरोले घरहरु पुरिएर बिस्थापित हुनुपर्ने अवस्थाहरु छ । त्यसको तथ्यांकहरु र विगतको घटनाहरुलाई लिँदै आएर त्यो घटनाहरु फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रुपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ । तत्कालै राष्ट्रिय बजेटबाट योजना र कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढाउनका लागि पनि विशेष बजेटको व्यवस्थाहरु गर्नुपर्ने हुन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend