बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

भारतमा लगातार कोरोना वृद्धि, थपिए ७ हजार २४० सङ्क्रमित

भारतमा लगातार कोरोना वृद्धि, थपिए ७ हजार २४० सङ्क्रमित

काठमाडौं । भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोमबाार तुलना मङ्गलबार कोरोना सङ्क्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो ।

गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना सङ्क्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक सङ्क्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।

हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ ।

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend