logo

२०८१ कार्तिक १६ शुक्रबार

logo
  • शुक्रबार, १६ कार्तिक २०८१
  • काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको हो: कृष्णबहादुर राई

    काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको हो: कृष्णबहादुर राई

    2.2K
    Shares

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको भएको बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभई सत्तारुढ गठबन्धन पनि भएको बताएका हुन् ।

    उनले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भुमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । उनले फोहोरको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखलाई उपप्रमुखको साथ हुने उल्लेख गर्दै महानगरप्रमुखलाई संयमताका साथ अघि बढ्न आग्रह गरे ।

    उनले भने– ‘मैले यो विषय खालि मन्त्रालयको प्रधानमन्त्रीको मात्रै ध्यानाकर्षण गरिरहेको छैन । गठबन्धन सञ्चालन गर्ने नेतृत्वमा रहनुभएका जिम्मेवार व्यक्तिहरुलाई तपाईहरुको पनि यो जिम्मेवारी छ । त्यसकारण यसका बारेमा तपाईहरुले अविलम्ब फोहोरमैलाको कामलाई व्यवस्थापन गर्नका लागि तपाईहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने कुरालाई म ध्यानाकर्षण गराउन चाहान्छु । र म अहिले भर्खरै निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु । हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गरेको उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन । तपाईलाई हामी पूर्ण रुपमा सहयोग गर्न चाहान्छौँ । तर बालेन साहले संयमता अपनाएर अगाडी बढ्न जरुरी छ भन्ने कुरा पनि म राख्न चाहान्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend