logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • चितवनको तोपे खोलामा सुक्खा पहिरो जाँदा फेरि अवरुद्ध भयो मुग्लिन– नारायणगढ सडक

    चितवनको तोपे खोलामा सुक्खा पहिरो जाँदा फेरि अवरुद्ध भयो मुग्लिन– नारायणगढ सडक

    2K
    Shares

    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

    बागमती ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

    पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज हुन समय लाग्ने जनाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend