logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कामपा १६ नम्बरका वडाध्यक्षले फोहोर उठाएर खोलामा फालेको मन्त्री झाँक्रीको आरोप

    कामपा १६ नम्बरका वडाध्यक्षले फोहोर उठाएर खोलामा फालेको मन्त्री झाँक्रीको आरोप

    4.2K
    Shares
    कामपा १६ नम्बरका वडाध्यक्षले फोहोर उठाएर खोलामा फालेको मन्त्री झाँक्रीको आरोप

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाका वडाध्यक्षले आफनो वडाको फोहोर उठाएर खोलामा थुपारेको आरोप लगाएकी छन् ।

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेका बेला वडाध्यक्ष मुकुन्द रिजालले तीन दिनअघि आफ्नो वडाको फोहोर आफैं उठाएको भन्दै सामाजिक सञ्जालमा फोटो हालेका थिए ।

    फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग सिंहदरबारमा आयोजित छलफलका क्रममा मन्त्री झाँक्रीले भनिन्, ‘काठमाडौंबाट फोहोर सिसडोल नगएको धेरै भइसकेको थियो । काठमाडौको १६ नम्बरका वडा वडाध्यक्षले फोहोर उठाएको भन्नुभयो । उठाएको फोहोर कहाँ फाल्नुभयो त ? सिसडोलमा फोहोर फाल्न दिइएको थिएन । उहाँले वडाबाट फोहोर संकलन गरेर खोला किनारमा फाल्नुभएछ ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend