logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह

    प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह

    4.1K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् ।

    उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए । उनले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ ।

    उनले भने– ‘खासगरीकन उनको आशंका के थियो भने नेपालका प्रधानसेनापति अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको आशंका अनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेच पार्टनरशिप प्रोग्राम अन्र्तगत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाई अनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ । नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु हो । पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भिर आशंकाहरु उहाँले व्यक्त गर्नुभएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसकेपछाडी भित्रभित्रै गम्भिर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ । मलाई लाग्छ देश पनि चिन्तामा छ । यस्तो अवस्थामा यो गम्भिर विषय हो । राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयम् उपस्थित भएर रोष्टमबाट संसदलाई, आम जनतलाई जानकारी गराउनुपर्छ । विषयवस्तु खास के हो ? यो म जोडदार माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend