logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधि सभा बैठक: कुन सांसदले के भने ?

    प्रतिनिधि सभा बैठक: कुन सांसदले के भने ?

    3.5K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले मोरङ जिल्लाको रतुवामाई नगरपालिका वडा नं. ९ मा अवस्थित जनता माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ईश्वर खनालललाई सोही वडाका नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष इन्द्रबहादुर लिम्बुले निर्ममतापूर्वक कुटपिट गरेको भन्दै दोषीउपर कारबाहीको माग गरे ।

    प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ ढुंग्रे भञ्ज्याङको नेत्रबहादुर खाँणको घरमाथि पहिरो आएर घर पुरिएको भन्दै उद्धार गरी खाँणको ज्यान बचाउन सरकारको ध्यानाकर्षण गराए । उनले सोही गाउँपालिकाको वडा नं. ६ मा पनि वर्षाका कारण स्थानीय घरमै थुनिनुपरेकाले उनीहरुलाई पनि उद्धार गर्न अनुरोध गरे ।

    प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको भन्दै दोषी उपर कारबाहीको माग गरे । उनले २७ वर्ष अघिदेखि आफ्नो परिवारमाथि हिंसा भइरहेको बताए ।

    उनले आफुसहित आफ्नो वृद्ध आमालाई समेत दुव्र्यवहार भएको उल्लेख गर्दै न्याय दिन सरकारसँग माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend