logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा हदम्यादसम्बन्धि कानुन व्यवस्था तत्काल हटाउन माग

    बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा हदम्यादसम्बन्धि कानुन व्यवस्था तत्काल हटाउन माग

    2.4K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धि कानुन व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कि प्रतिनिधिसभाकी सांसद निरुदेवी पाल, सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थ र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाका सांसद सुरेशकुमार आलेमगरले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिनका लागि राखिएको हदम्याद सम्बन्धि कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।

    प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिका सभापति समेत रहेकी सांसद पालले यस प्रकारका जघन्य अपराधका घटनामा उजुरी दिनका लागि तोकिएको हदम्याद सम्बन्धि कानुनी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारलाई दवाव दिइन् ।

    राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार सिंहदरवारमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सौन्दर्य प्रतियोगिता समेत नियमन गरेर मात्रै संचालन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

    सांसद पालले भनिन्, ‘हदम्यादकै कारण न्यायमा बञ्चित गरिनु अन्यायपूर्ण हुन्छ । बलात्कार, यौनहिंसा लगायतका जघन्य अपराधका घटनामा हदम्यादको व्यवस्थालाई हटाउन पुनरावलोकन गर्न सरकारलाई महिला तथा सामाजिक समितिले निर्देशन नै दिएको छ । सौन्दर्य प्रतियोगिता पनि नियमन गरेर मात्रै संचालन हुने गरी कानुनी व्यवस्था गर्नुपर्दछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend