logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन रामवीर मानन्धरको माग

    आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन रामवीर मानन्धरको माग

    3.8K
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडाँैं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताए ।

    उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गरे । उनले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गरे ।

    उनले भने – ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ । तर उम्मेदवार बन्न पाएन । फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ । म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो । आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबा छ । त्यसकारण सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend