logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं–१६ का वडाध्यक्षलाई भेट्न मेयर पुगे घरमै, गरे एक अर्काको तारिफ

    काठमाडौं–१६ का वडाध्यक्षलाई भेट्न मेयर पुगे घरमै, गरे एक अर्काको तारिफ

    4.8K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वडा नम्वर १६ का वडाध्यक्ष मुकुन्द रिजालसँग उनकै घरमा पुगेर भेटघाट गरेका छन् । रिजालको बालाजुस्थित घरमै भेट्न पुगेका प्रमुख शाहले फोहोर व्यवस्थापन र महानगरका काम–कारबाहीका विषयमा सुझाव मागेका थिए । उनले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरिएको बताए ।

    कलाकार अर्जुन घिमिरे पाँडे सँगै रिजालको निवास पुगेका शाहले त्यहाँ झन्डै दुई घण्टा समय बिताए । ‘लन्च’सहितको सो ‘मिटिङ’मा वडाध्यक्ष रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको समेत प्रशंसा गरे । वडाध्यक्ष रिजालले मेयरलाई सघाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

    “नगर प्रमुखज्यूसँग छलफल भएको हो, महानगरपालिकाकेन्द्रित छलफल भयो ।” रिजालले भने ।

    भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताए ।
    रिजालले महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाएका थिए । त्यसलगत्तै सामाजिक सञ्जालमा उनको आलोचना पनि भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend