logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फकाएर ओर्लिन मानेनन् माइला विकले ,हेलिकोप्टरबाट उद्धारको प्रयास हुदै

    फकाएर ओर्लिन मानेनन् माइला विकले ,हेलिकोप्टरबाट उद्धारको प्रयास हुदै

    5.8K
    Shares

    काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६ घण्टादेखी बिजुलीको तारमै छन् ।

    मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।

    उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा विद्युत् प्रवाह बन्द गरिएको छ ।

    प्रहरी र स्थानीय बासिन्दाले उनलाई सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि नसकिएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।

    उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । “उहाँको मानसिक अवस्था ठिक रहेनछ,” तामाङले भने, “उनको मानसिक अवस्था ठिक नभएपछि श्रीमतीले पनि छाडेकी रहिछन् । बुबाआमा पनि उनकै कारणले छुट्टै बस्दा रहेछन् ।”

    तामाङका अनुसार स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको तामाङले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend