logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ राजनीतिक व्यवस्थाका लागि युवाहरुले लड्न आवश्यक छैन : खेलकुदमन्त्री गहतराज

    नयाँ राजनीतिक व्यवस्थाका लागि युवाहरुले लड्न आवश्यक छैन : खेलकुदमन्त्री गहतराज

    2.9K
    Shares

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् ।

    शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

    उनले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा संघर्ष गर्नुपर्ने बताए । उनले पानीलाई मात्रै व्यवस्थित गरेर बिक्री गरेमा मात्रै पनि देशका जनताले मासुभात वा दुधभात खानसक्ने अवस्था रहेको र यसको सफल व्यवस्थापनको जरुरी रहेको बताए ।

    मन्त्री गहतराजले नेपाल विश्वको १७ औँ प्राकृतिक श्रोतको धनी देश भएको उल्लेख गर्दै प्राकृतिक श्रोत र साधनको हिसावले नेपाल समृद्ध रहेको उल्लेख गरे । मन्त्री गहतराजले युवाहरुले सपना देख्दा र नयाँ सोच राख्दा देशलाई अघि बढाउन सकिने उल्लेख गर्दै युवाहरुले देशभित्रै केही गर्न सकिन्छ भनेर संकल्प गर्नुपर्ने बताए ।

    मन्त्री गहतराजले नेपालमा युवा बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु ठूलो चुनौती रहेको बताए । उनले युवा जनशक्तिलाई रोक्नकै लागि सरकारले देशमा केही ठूला दीर्घकालनि रणनैतिक महत्वका परियोजना ल्याउन लागेको उद्घोष गरे ।

    मन्त्री गहतराजले सरकारले युवा शक्तिलाई नेपालमै राख्न कृषिको आधुनिकीकरण, कृषिलाई प्राथमिकता दिएर त्यसबाट बाहिरसमेत निर्यात बढाउनसक्ने आधार खोज्ने र युुवाहरुलाई त्यस दिशातर्फ केन्द्रित गर्न सरकार लागिपरेको दाबी गरे । मन्त्री गहतराजले जनशक्तिलाई देशभित्रै रोक्नको लागि उद्योगधन्दा, कलकारखानाको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, पर्यटन र शिक्षाको आधुनिकीकरण गर्ने र खेललाई व्यवसायतिर प्रयोग गर्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजाले दिगो विकास लक्ष्य २०३० हासिल गर्न युवाहरुको सक्रियता आवश्यक रहेको बताईन् । उनले युवाहरुको लगनशीलता र मेहनतले मात्रै दिगो विकासको लक्ष्य प्राप्त हुने बताईन् । युवाहरुको अग्रसरताबाट नै मुलुकमा विकास सम्भव रहेको उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend