logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपाल र अमेरिकाबीचको खेल बराबरीमै राेकियाे

    नेपाल र अमेरिकाबीचको खेल बराबरीमै राेकियाे

    2.6K
    Shares

    काठमाडौँ । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा बराबरीमा सकिएको छ । अन्तिम ओभरमा नेपाली अलराउन्डर आदिल अन्सारीले उत्कृष्ट बलिङ गरेपछि खेल नाटकीय रुपमा टाई भएको हो ।

    ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले शतक प्रहार गरे । उनले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । त्यस्तै, कप्तान मोनांक पटेल ८५ रनमा आउट भए ।

    नेपालका ओडिआई डेब्यू खेल खेलेका अन्सारीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो ।

    अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । सुरुवाती तीन बलमा अमेरिकाले १(१ रन जोड्यो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै स्कोर बराबरी गर्दै जित नजिक पुगेको थियो । तर, अन्तिम दुई बलमा अन्सारीले लगातार विकेट दिलाएपछि अमेरिका जितको मुखमा पुगेर रोकियो ।

    ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले शतक प्रहार गरे । उनले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले । त्यस्तै, कप्तान मोनांक पटेल ८५ रनमा आउट भए ।

    नेपालका ओडिआई डेब्यू खेल खेलेका अन्सारीले ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीको नाममा १–१ विकेट रह्यो ।

    अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । सुरुवाती तीन बलमा अमेरिकाले १/१ रन जोड्यो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै स्कोर बराबरी गर्दै जित नजिक पुगेको थियो । तर, अन्तिम दुई बलमा अन्सारीले लगातार विकेट दिलाएपछि अमेरिका जितको मुखमा पुगेर रोकियो ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट भएर २७४ रन बनाएको थियो ।  नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । त्यस्तै,  आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय इनिङको योगदान दिए ।

    अमेरिकाका रस्टी थेरनले ४ विकेट लिए । त्यस्तै, सौरभ नेत्रवालकार र अली खानले २/२ विकेट लिए भने निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १/१ विकेट रह्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend